काठमाडौं । २ सय रुपैयाँमा मोटरसाइकल पाएको सुन्नु भएको छ ? सुन्दा अचम्म लाग्न सक्छ । २ सय रुपैयाँकाे कारोबार गर्दा मोटरसाइकल पाएका छन् सर्लाहीका बिटु कुमार साह कलवारले ।
खल्ती डिजिटल वालेटले बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत बिजेता कलवारलाई बुधबार मोटरसाइकल हस्तान्तरण गरेको हो । बुधबार बजाजको टेकु शाखामा कलवारलाई पल्सर एन १६० मोडलको मोटरसाइकल हस्तान्तरण गरेको खल्तीले जनाएको छ ।
खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको बिगेस्टपेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । जसमध्ये जेठ १ गतेदेखि १५ गतेसम्म पहिलो राउण्ड सम्पन्न भएको छ । सोही राउण्डमा २ पटक खल्तीबाट कारोबार गर्दा कलवारले लक्कि ड्र मार्फत मोटरसाइकल पाएका हुन् ।
खल्ती मार्फत् भुक्तानी गर्दा मोटरसाइकल बिजेता हुँदा खुसीले भुईँमा खुट्टा नरहेको बिजेता कलवार बताउँछन् । उनले मोटरसाइकल पाउँदा पहिलो पटक दक्षिणकाली घुम्न जाने बताए । उनले अन्य ब्यक्तिलाई पनि खल्ती वालेटमार्फत् भुक्तानी गर्न सुझाव दिए ।
‘मैले खल्तीमा २ पटक मात्रै कारोबार गरेको हो,खल्तीबाट नै पहिलो पटक मैले उपहार पाएको हुँ, बिजेता भएर मोटरसाइकल पाएपछि दाईसँग दक्षीणकाली घुम्न जान्छु,’ उनले खुसी हुँदै भने, ‘तपाईहरु पनि खल्तीबाट भुक्तानी गर्नु भयो भने अन्य राउण्डमा मोटरसाइकल पाउन सक्नु हुन्छ ।’
‘यस्तो अफर आउँदा सुरुमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले मात्रै पुरस्कार पाउँछन् भन्ने लागेको थियो तर, त्यो गलत सोच बनाएको रहेछु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा फोनबाट सुन्दा विश्वास लागेको थिएन तर, फेसबुकमा फोटो सहित राखेपछि मात्रै विश्वास लाग्यो ।’
खल्तीका ब्राण्डिङ्ग हेड सागर श्रेष्ठका अनुसार जेठ १६ गतेदेखि जेठ ३२ गतेसम्म दोस्रो राउण्ड, असार ३ गतेदेखि असार १५ गतेसम्म तेस्रो र असार १६ गतेदेखि असार ३१ गतेसम्म चौंथो राउण्ड हुनेछ । प्रत्येक राउण्डमा २ वटा भुक्तानी अनिवार्य गर्नु पर्ने उनले बताए ।
‘प्रत्येक राउण्डको अन्त्यमा एक जना भाग्यमानी प्रयोगकर्तालाई लक्की ड्र मार्फत् उपहार स्वरुप पल्सर एन १६० मोटरसाइकल बिजेताका लागि छनोट गरिनेछ, आज हामीले पहिलो राउण्डका बिजेता कलवारजीलाई मोटरसाइकल हस्तान्तरण गर्याै,’ उनले भने, ‘अझै ३ वटा राउण्ड बाँकी छन्, तपाईहरुले पनि २ वटा कारोबार गर्नु भयो भने पल्सर मोटरसाइकल पाउनु हुनेछ ।’
साथै, एक जना प्रयोगकर्ताले ४ वटै राउण्डमा सहभागी हुन पाउनेछन् । प्रत्येक राउण्डमा भुक्तानी गर्याे भने बोनस राउण्डका लागि पनि योग्य हुने उनले बताए । बोनस राउण्डमा पनि बम्पर योजना छ । सो योजनामा पनि प्रयोगकर्ताले पल्सर मोटरसाइकल जित्न सक्नेछन् । समग्रमा कम्पनीले द बिगेस्ट पेमेन्ट जात्रा अवधिमा ५ वटा मोटरसाइकलउपहारस्वरुप प्रयोगकर्तालाई प्रदान गर्ने श्रेष्ठको भनाइ छ ।
कसरी हुने सहभागी ?
कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि द बिगेस्ट पेमेन्ट जात्रा अवधि भरी प्रत्येक दिन खल्ती एपभित्र जात्रा सेक्सन हुनेछन् । जसको भित्र एउटा खुत्रुके देखिनेछ । प्रत्येक दिन खुत्रुकेलाई फुटाएर अन्य थप उपहार पनि प्राप्त गर्न सकिनेछ ।
साथै, नेपालमै पहिलो पटक खल्तीले डिजिटल स्क्र्याच कार्ड ल्याएको छ । प्रयोगकर्ताले १ सय रुपैयाँभन्दा बढी भुक्तानी गरेवापत एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिने खल्तीले जनाएको छ । द बिगेस्ट पेमेन्ट जात्रा अवधिभरी १ करोड स्क्र्याच कार्ड हुनेछन् । जसले जति धेरै भुक्तानी गर्याे सो प्रयोगकर्ताले धेरै स्क्र्याच कार्ड मार्फत् धेरै उपहार जित्न सक्ने खल्तीले बताएको छ ।
यदि १ सय रुपैयाँ भुक्तानीमा फण्ड लोड र बैंक ट्रान्सफर भने मान्य नहुने बताइएको छ । साथै, खल्तीबाट वल्र्डलिंकको बिल भुक्तानी गर्ने १ जना र हवाई टिकट खरिद गर्ने १ जना प्रयोगकर्ताले १/१ वटा आइफोन १४ विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, विशेष उपहारमा खल्तीबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक जनालाई स्मार्ट टिभी प्रदान गर्ने भएको छ । यो अफर प्रत्येक हप्ता लागू भइरहेको कम्पनीको भनाइ छ । बिगेस्टपेमेन्ट जात्रा अवधि भर खल्तीले ८ जना प्रयोगकर्तालाई ८ वटा स्मार्ट टिभी प्रदान गर्नेछ । साथै बम्फर प्राइजमा वनप्लस ११ पनि जित्ने मौका रहेको छ ।
पल्सर एन १६० मोडलको मोटरसाइकल पुरस्कार जित्नका लागि प्रत्येक १५ दिनको अवधिमा २ वटा भुक्तानी गरेकै हुनु पर्छ । साथै अन्य बम्फर उपहारहरु आइफोन १४, वान प्लस ११, स्मार्ट टिभि जित्नका लागि सर्भिसको भुक्तानी २ महिनामा अफर अवधि भर कारोबार गरेको हुनु पर्नेछ ।
खल्तीको द बिगेस्ट जात्राको सबै अफर प्राप्त गर्न खल्ती आइडी केवासी भेरिफाइड भएको हुनु पर्नेछ । यदि केवाइसी भेरिफाइड भएको छैन भने मान्य नहुने खल्तीले बताएको छ ।
खल्तीले हरेक राउण्डको अन्त्यमा लाइभ मार्फत विजेता घोषणा गर्नेछ। खल्ती प्रतिनिधिले विजेतालाई कलमार्फत् पुरस्कार दाबी गर्ने प्रक्रियाका साथै आवश्यक कागजात, पुरस्कारमा लाग्ने कर र हस्तान्तरणको जानकारी गराउने छन्। जानकारी पाएपश्चात् विजेताले खल्तीको प्रमुख कार्यलय बखुण्डोल वा अन्य खल्ती हबमा गई हस्तान्तरणको कानूनी प्रक्रिया पुरा गर्नु पर्नेछ। सो प्रक्रिया खल्तीको सबै अफरमा लागू हुनेछ।