काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।
‘अतिरिक्त हुलाक कार्यालयल खारेज गरि कार्यरत कर्मचारीलाई सुविधा सहित अवकास दिईनेछ, हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गका सरकारी बैंकमा स्थानान्तकरण गरी हुलाब विकास बैंक खारेज गरिनेछ, बजेटमा भनिएको छ ।
यस्तै उनले ललितपुरको खुमलटारमा सूचना प्रविधि केन्द्र बनाईने बताएका छन् ।