आर्टिफिसियल इन्टेलिजेन्स मानवताको लागि खतरा

<p>काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पिता भनेर चिनिने डा. जिओफ्री हिन्टनले विश्वमा चर्चा भइरहेको एआईलाई मानवताको लागि खतरा भएको बताएका छन् । उनले भनेका छन्, ‘यो मानवताको लागि खतरा छ, यहिले यो बरदान जस्तो लागे पनि यो यस्तो छैन ।’ ७५ वर्षीय हिन्टनले न्युयोर्क टाइम्सलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘यसले ठूलो संख्यामा रोजगारीमा कटौती गर्नेछ, [&hellip;]</p>

तस्बिर स्रोत : टेलिग्राफ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पिता भनेर चिनिने डा. जिओफ्री हिन्टनले विश्वमा चर्चा भइरहेको एआईलाई मानवताको लागि खतरा भएको बताएका छन् । उनले भनेका छन्, ‘यो मानवताको लागि खतरा छ, यहिले यो बरदान जस्तो लागे पनि यो यस्तो छैन ।’

७५ वर्षीय हिन्टनले न्युयोर्क टाइम्सलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘यसले ठूलो संख्यामा रोजगारीमा कटौती गर्नेछ, समाजमा गलत सूचना तिव्र रुपमा फैलिनेछ, जसलाई रोक्न सम्भव हुनेछैन ।’

डा. हिन्टनले यसको लागि आँफैलाई जिम्मेबार मानेका छन् र उनले पश्चाताप गरेका छन् । ‘मैले गर्दैनथेँ भने पनि अरु कसैले गर्दथ्यो, एआई त आउँथ्यो नै, अब यसलाई सामना गर्न धेरै गाह्रो हुनेछ ।’

डा. हिन्टनले सन् २०१२ मा टोरन्टो विश्वविद्यालयका आफ्ना दुई विद्यार्थी इल्या सुतस्केभर र एलेस्क क्रुसेभस्कीसँग मिलेर हजारौं तस्बिरहरुको विश्लेषण गर्न सक्ने नेटवर्क बनाएका थिए । यतिमात्रै नभएर सो नेटवर्कले कार, कुकुर र फुलजस्ता वस्तुहरुको पहिचान गर्न पनि सिकाउन सक्दथ्यो ।

यही प्रविधि नै नै एआईको आधार बनेको थियो । डा. हिन्टनले सन् १९७२ देखि नै एआईको काम गर्दै आएका छन्, जतिबेला कसैले एआईको बारेमा सुनेकै थिएन । ‘एआईको खतराको बारेमा खुलेर बोल्नको लागि आफ्नो जागिर छोडेको हुँ’, उनले भनेका छन् ।

गुगल कम्पनी छाडेपछि डा. हिन्टनले कयौंन प्रविधि कम्पनीहरु एआई अपनाउने होडमा रहेको बताएका छन् । उनीहरुले एआई प्रविधियुक्त उत्पादन गर्न चाहेको र उनीहरुको बुझाइमा यो पनि सन् ९० को दशकमा आएको प्रविधिको आधार जस्तै रहेको तर यसबाट पैदा हुनसक्ने जोखिमको विषयमा ती कम्पनीहरुसँग कुनै योजना नभएको डा. हिन्टनको बुझाई छ ।

एआईको सम्भावित जोखिमहरुको विषयमा चेतावनी दिँदै उनले भनेका छन्, ‘यो हेर्न निकै मुस्किल हुने छ की खराब मानिसहरुलाई खराब कामको लागि यसको प्रयोग गर्नबाट कसरी रोक्न सकिन्छ ?’ उनले च्याटबटलाई ‘निकै डरलाग्दो’ भनेर संज्ञा दिएका छन् ।

‘जब खुफिया सूचनाको विषय आउँछ अहिलेको च्याटबटमा मानिससँग बराबर क्षमता थिएन, तर यो छिट्टै बद्लिन सम्भव छ, अहिले जहाँसम्म मैले भन्न सक्छु की यो हामी जत्तिकै बौद्धिक छैन, तर मलाई लाग्छ की यो छिट्टै नै हुनेछ ।’ एजेन्सीको सहयोगमा ।

Share News