विशाल, सृजनात्मक एआई मोडेलले जीवन प्रणाली र श्रमबजारमा नै प्रभाव पार्न सक्छ

<p>काठमाडौं । ओपन एआईले सन् २०२२ नोभेम्बरदेखि आम सर्वसाधारणको पहुँचमा च्याटजीपीटी सञ्चालनमा ल्याएको थियो । च्याटजिपिटि आम सर्वसाधारणको पहुँचमा आएसँगै यसले विश्व मानव समाजमा ल्याउन सक्ने बहुआयामिक रुपान्तरणका विषयमा निकै बहस भइरहेको छ । च्याटजिपिटिले आम मानिससँग भन्दा बढी ज्ञानको क्षमता राख्ने दाबी गरिएको छ । यसले विश्वको कुनै ठाउँको खानी वा कुनै देशभित्रको समाजको [&hellip;]</p>

काठमाडौं । ओपन एआईले सन् २०२२ नोभेम्बरदेखि आम सर्वसाधारणको पहुँचमा च्याटजीपीटी सञ्चालनमा ल्याएको थियो । च्याटजिपिटि आम सर्वसाधारणको पहुँचमा आएसँगै यसले विश्व मानव समाजमा ल्याउन सक्ने बहुआयामिक रुपान्तरणका विषयमा निकै बहस भइरहेको छ ।

च्याटजिपिटिले आम मानिससँग भन्दा बढी ज्ञानको क्षमता राख्ने दाबी गरिएको छ । यसले विश्वको कुनै ठाउँको खानी वा कुनै देशभित्रको समाजको बारेमा बर्णन गर्ने हैसियत राख्छ । यसले विश्वको भू–राजनीति र प्रकाशकीय सिमाहरुलाई तोडेर अध्ययन गर्ने क्षमता राख्छ ।

जिपिटी–४ र आर्टिफिसियल न्युरल नेटवर्क जसले च्याटजिपिटिलाई पावर प्रदान गर्छ, यीनले अहिले अमेरिकाको उपचार र कानूनमा प्रवेश गर्ने परीक्षा दिएका छन् । यसले गित, कविता र निवन्धहरु लेख्न सक्छ । अन्य ‘जेनेरेटिभ एआई’ मोडेलले डिजिटल फोटो, रेखाचित्र र एनिमेसनहरु समेत निर्माण गर्न सक्छन् ।

जेनेरेटिभ एआई मोडेलको तिव्र विकास उद्योग क्षेत्रसँग जोडेर हेदा निकै गहिरो र चासोको विषय हो । जिपिटि–४ एकप्रकारको जेनेरेटिभ एआइ हो, जसलाई वृहत भाषा मोडेल (एलएलएम) भनिन्छ । विशाल प्रविधि कम्पनीहरु अल्फाबेट, अमेजन र नाभिडियाले पनि आफ्नै एलएलएममा प्रशिक्षण दिने गरेका छन् ।

एआईको विकाससँगै अमेरिका, युरोप र चीनले सोसँग सम्बन्धित कानून बनाउन थालेका छन् । कतिपय व्यक्तिहरुले कृत्रिम वुद्धी विकासको प्रकृयालाई रोक्न पनि आग्रह गरिरहेका छन्, मानिसको नियन्त्रणभन्दा बाहिर गएर मानवीय समाजलाई नै क्षति पुर्याउने विषयमा उनीहरुको आशंका छ । पहिले जान्न आवश्यक छ कि यसको विकास कसरी भइरहेको छ र यो कुन हदसम्म विकास हुनसक्छ ?

सन् २०१० तिर पहिलोपटक एआई सफ्टवेरको विकास भएको थियो, जुन सफ्टवेयर ‘डिप लर्निङ’को नामबाट चर्चित थियो । तथ्यांकहरुको सेट र शक्तिशाली कम्प्युटरको जादुमयी संयोजन गरेर तस्बिरहरुको पहिचान गर्न, आवाज प्रशोधन गर्न र खेल खेल्नको लागि ग्राफिक्स प्रासेसिङको क्षेत्रमा ठूलो सिकाई प्राप्त गर्ने काम भएको छ । सन् २०१० सम्म आउँदा कम्प्युटरहरुले मानिसहरुले भन्दा राम्रो काम गर्न सक्ने भइसकेका थिए ।

च्याट जिपिटीले इन्टरनेट प्रयोग गर्ने मानिसहरुलाई मानिसले जस्तै प्रतिक्रिया दिने, जवाफ दिने वा अनुभव सेयर गर्ने एउटा बौद्धिक भर्चुअल डोमेनको रुपमा आफूलाई प्रस्तुत गरेको छ । वास्तवमा नै वृहत भाषा मोडेल एउटा जादुमयी अभ्यास हो । तपाईंको जिज्ञासा वा प्रश्नको जवाफ दिइरहेको च्याटजिपिटिलाई तपाईंले जवाफ रोक्न भन्ने वित्तिकै रोक्ने क्षमता पनि राख्छ ।

यो वर्ष च्याटजिपिटिले आफ्नो वृहत भाषा मोडेलको स्तर वृद्धिलाई रोक्ने काम गरेको छ । बल्कबस्टरले लगाएको मुद्दाका कारण ओपनएआईलाई समस्या पारेको छ तर, वृहत भाषा मोडेलको क्षमता कायम नै रहनेछ । तथ्यांक र यसलाई प्रशोधन गर्नका लागि आवश्यक सामग्री व्यापक रुपमा उपलब्ध हुँदै गएका छन् तर, यसको सदुपयोग हुन नसक्दा आम मानव जिवनलाई यो महंगो सावित पनि हुनसक्छ ।

स्रोतहरुलाई खुला रुपले प्रयोग गर्ने विषय धेरै जोखिमयुत्त विषय हो । तर च्याटजिपिटि –४ ले सावधानी र छनोटको विधीलाई स्वीकार गर्ने प्रयत्न गरेको छ । यो राम्रो अभ्यास हो । धेरै मानिसहरुको पहुँचमा वृहत भाषा मोडेलको एआई उपलब्ध हुनु भनेको त्यसले कानून देखि औषधिसम्मको प्रयोग तथा सिर्जनामा पनि महत्वपूर्ण योगदान हुनसक्छ ।

अहिले धेरै कम्पनीहरुले एआई मोडेललाई अपनाउने कोशिष गर्न थालेका छन् । यसले आँफैमा तथ्यपरक र थकाइबिना निरन्तर काम गर्ने क्षमता राख्छ । तर, यसले मानिसहरुको संवेदनालाई स्वीकार गर्न भने सक्दैन । प्राविधिक सुत्रहरुमा आधारित ठूला–ठूला कम्पनी, उद्योग र उत्पादन केन्द्रहरु समेत भविष्यमा एआई मोडेलद्वारा सञ्चालन हुने सम्भावना देखिएको छ ।

यहाँसम्मकी गीत/संगीतको रचना, उपन्यास लेख्ने जस्ता भावनात्मक काम पनि एआई मार्फत गर्न सकिने भएको छ । शुत्रबद्ध जानकारी तथा वृहत जाकारीको कारणले व्यवहारिक कामलाई त यसले कार्यान्वयन गर्न सक्छ नै । सन् २०५० सम्म पुग्दा एआईको कारण घरको कामदेखि उद्योग तथा व्यवसायिक क्षेत्रमा करोडौं मानिसहरुले रोजगारी गुमाउनुपर्ने अनुमान गरिएको छ । साथै एआई प्रविधिका उपकरणहरुको सहायताले मानिसहरुको जीवनशैली नयाँ ढंगको हुनेछ । मानिसहरु सभ्यताकै नयाँ परिवेशमा प्रवेश गर्नेछन् । श्रमको परिभाषा नै बदलिनेछ । एजेन्सीको सहयोगमा ।

Share News