एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध

<p>काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि [&hellip;]</p>

काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् ।

एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने एनसेलले जनाएकाे छ ।

एनसेलकाे अनुसार ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्नेछन् ।

एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरु भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् ।

एनसेलकाे अनुसार  यस्ता ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्नेछन् ।

भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउनेछन् । बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेता मार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुने एनसेलले जनाएकाे छ ।

आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेछ । अन्य ग्राहकले भने आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम नि:शुल्क लिन सक्नेछन् ।

Share News