स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दिएको छ । प्राधिकरणलेले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने जनाएको छ । आगामी वैशाख २ गतेबाट [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दिएको छ ।

प्राधिकरणलेले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने जनाएको छ ।

आगामी वैशाख २ गतेबाट स्मार्टको लाइसेन्स सकिँदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।

Share News