एनसेलले ल्यायो मज्जाको प्लान : ५९९ रुपैयाँमा २० जिबी डाटा र १५० मिनेट टकटाइम

<p>काठमडौं । एनसेल आजियाटाले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यहि चैत्र ३ गते शुक्रबारदेखि संचालनमा आउने यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्सबाट खरिद गर्न सक्ने एनसेलले जनाएकाे छ [&hellip;]</p>

काठमडौं । एनसेल आजियाटाले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ ।

यहि चैत्र ३ गते शुक्रबारदेखि संचालनमा आउने यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्सबाट खरिद गर्न सक्ने एनसेलले जनाएकाे छ ।

ग्राहकले यो स्टार्टर प्याक कर सहित ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस प्याकमा २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम हुनेछ । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन् । एनसेलकाे अनुसार ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक प्राप्त गर्न सक्छन् भने ५००  रुपैयाँ वा सोभन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनसको मजा लिन सक्नेछन् ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्नेछन् ।

त्यस्तै, प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्नेछन् ।

 

Share News