काठमाडौं । धनगढीमा सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा संचालनमा आएको छ ।
नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीको पुष्पलाल चोकमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
सुविधा सम्पन्न उक्त सामसुङ स्मार्ट प्लाजाले ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध जनाएको छ ।
यस शाखाबाट ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्ने र यससँगै, ग्राहकहरूले सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने हिम इलेक्ट्रोनिक्स उपाध्यक्ष प्रभाकर शमशेरले बताए ।
यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर छन् ।