आईएमई पे पनि एनपीएसमा आवद्ध

<p>काठमाडौं । आईएमई प नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आईएमई पेले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात आईएमई पेको [&hellip;]</p>

काठमाडौं । आईएमई प नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आईएमई पेले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो ।

सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आईएमई पेको आन्तरिक भुक्तानी प्रणालीलाई (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत आईएमई पेले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

आईएमई पेले यसअघि नै प्राविधिक सदस्य आरपीएसमार्फत एनसीएचएलका विभिन्न सेवाहरू प्रयोग गर्दै आएको छ । एनपीआई हाल ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ८० भन्दा बढी गैर(बैंक संस्थाहरू जस्तै पीएसपी पीएसओ, बीमा कम्पनी, रेमिट्यान्स, मर्चेन्ट बैंक, सरकारी, अर्ध(सरकारी संस्थाहरू, ठूला कर्पोरेटहरु आवद्ध छन् ।

Share News