पर्यटनमन्त्री किरातीको निर्देशन पछि निगमले सुरु गर्यो अनलाईन टिकेटिङ

<p>काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो । यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल [&hellip;]</p>

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ ।

भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो ।

यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फतबाट मात्रै टिकट खरिद गर्ने गरिएकोमा अब मोबाइलबाटै टिकट खरिद गर्न सकिने भएको हो ।

सुरुवाती चरणमा इसेवाबाट उक्त सुविधा दिएको निगमले विस्तारै अन्य पेमेन्ट गेटवेहरु मार्फत समेत टिकट काट्न सकिने सुविधा दिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले एक महिनाभित्र सहज रुपमा अनलाईन मार्फत टिकट काट्न सकिने व्यवस्था लागु गर्न निगम सञ्चालक समितिलाई निर्देशन दिएका थिए ।

पर्यटनमन्त्रीमा नियुक्त भएपछि निगमको अनुगमनका गएका मन्त्री किरातीले निर्देशन दिएको एक सातामै निगमले अनलाईन मार्फत टिकट् काट्न सकिने व्यवस्था लागु गरेको हो ।

यसअघि निगमले अनलाईन बाटै टिकट काट्न सकिने व्यवस्था लागु भैसकेको जनाएको थियो । निगमको बेवसाइटमा अनलाईन मार्फत टिकट काट्न सकिने सुविधा रहेको उल्लेख भएता पनि डिजिटल वालेटबाट टिकट काट्ने सुविधा उपलब्ध गराईएको थिएन ।

Share News