माघ मसान्तसम्म सरकारको साढे ५ अर्ब रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई निर्देशन

<p>काठमाडौं । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई निर्देशन दिएको छ । हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब रुपैयाँ माघ मसान्तसम्म तिर्न कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । कम्पनीलाई वि.सं. २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । त्यसपछि सरकार र प्राधिकरणलाई तिर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई निर्देशन दिएको छ । हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब रुपैयाँ माघ मसान्तसम्म तिर्न कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो ।

कम्पनीलाई वि.सं. २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । त्यसपछि सरकार र प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम बुझाउन निर्देशन गरेको हो ।

पुष मसान्तसो बाँकी रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ लामो समय दाखिला नभएकोले सम्पूर्ण बक्यौता माघ मसान्तसम्म बुझाई सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न भनेको छ । यदि उक्त समयमा रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरणले बताएको छ ।

Share News