काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान १२ बजेदेखि टेलिकमको मोबाइल तथा ल्याण्ड लाइनमा समस्या देखिएको हो ।
टेलिकमले के कारणले १२ बजेदेखि सबै सेवा अवरुद्ध भएको विषयमा अध्ययन भैरहेको जनाएको छ ।
अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन् ।