अवैध डिजिटल कारोबार बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

<p>काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबार बन्द गर्न निर्देशन दिएको छ । अनलाइन मार्फत् हुने अवैध डिजिटल कारोबार गर्ने वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग [&hellip;]</p>

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबार बन्द गर्न निर्देशन दिएको छ । अनलाइन मार्फत् हुने अवैध डिजिटल कारोबार गर्ने वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो ।

नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने प्राधिकरणले बताएको छ ।

Share News