सीजीनेटको ’पोस्टपेड’ सेवा, इन्टरनेट प्रयोग गरेपछि मात्र भुक्तानी

<p>काठमाडौं । सिजीनेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको हाे । उक्त योजना अन्तर्गत कम्पनीले १ हजार ४९ रुपैयाँ मा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यस याेजनाबाट कम मूल्यमा उच्च गतिको इन्टरनेट [&hellip;]</p>

काठमाडौं । सिजीनेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको हाे ।

उक्त योजना अन्तर्गत कम्पनीले १ हजार ४९ रुपैयाँ मा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यस याेजनाबाट कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा रकम भुक्तानी गर्न सक्नेछन् ।

नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो यस याेजनाले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार ग्राहकले फिर्ता गरिने गरी २५ सयको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।  ।

 

Share News