आफ्नो नाममा दर्ता भएको सिमकार्ड बिग्रिएमा/हराएमा आँफै उपस्थित भएर लिनुपर्ने

<p>काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाममा दर्ता भएको सिमकार्ड हराएमा वा बिग्रिएमा आँफै उपस्थित भएर लिन आग्रह गरेको छ । टेलिकमले मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको जनाएको [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाममा दर्ता भएको सिमकार्ड हराएमा वा बिग्रिएमा आँफै उपस्थित भएर लिन आग्रह गरेको छ । टेलिकमले मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको जनाएको छ ।

प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहने टेलिकमले जनाएको छ । साथै प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्नसक्ने भएकाले आफ्नो हराएको वा बिग्रिएको मोबाइल नम्बर आफू नै उपस्थित भएर प्राप्त गर्न टेलिकमले अनुरोध गरेको छ ।

साथै टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन समेत अनुरोध गरेको छ ।

Share News