एमडीएमएस सिष्टम तत्काल लागू नहुने, पछि हट्यो सरकार

<p>काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको हो । नेपाल दूूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागु गर्दै दर्ता बीनाका फोन सञ्चालनमा रोक लगाएको थियो । प्रधानमन्त्रीले नै तत्काल एमडीएमएस प्रणाली लागु नगरौ भनेपछि तत्कालका लागि रोकिएको प्राधिकारणका अध्यक्ष [&hellip;]</p>

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको हो ।

नेपाल दूूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागु गर्दै दर्ता बीनाका फोन सञ्चालनमा रोक लगाएको थियो । प्रधानमन्त्रीले नै तत्काल एमडीएमएस प्रणाली लागु नगरौ भनेपछि तत्कालका लागि रोकिएको प्राधिकारणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशन पछि एमडीएमएस अनिश्चीत बनेको हो । मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन ।

‘हामीलाई प्रधानमन्त्री ज्यूले नै तत्काल लागु नगँरौ भन्नुभयो, उहाँले भन्नेपछि हामीले आजदेखि स्थगित गर्र्याे, उहाँलाई हामीले डेटा उपलब्ध गराउँछौँ, उहाँको निर्देशन अनुसार थप निर्णय हुन्छ’, उनले भने ।

भन्सार विभागले विदेशबाट स्वदेश फर्कने नेपालीले मोबाइल फोन तथा ल्यापटक ल्याउँदा थप १८ प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने शर्त राखेको थियो ।

आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नभएको भन्सार विभागले जनाएको छ ।

सरकारले एमडीएमएस लागु गरेपछि विदेशबाट आउने मोबाइल दर्ता गर्नका लागि भन्सारमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । तर तत्काल एमडीएमएस लागु नभएपछि भन्सारमा पुरानै नियम लागु हुने भन्सार विभागले जनाएको छ ।

पुरानै व्यवस्था लागु भएपछि अब विदेशबाट ल्याईएका २ भन्दा बढी मोबाइल मात्रै भन्सारले जफत गर्नेछ ।

Share News