काठमाडाैं । मेटाले एचटिटि पूल बाइ एल्फलाई नेपालमा आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको छ ।
यस नियुक्तिसँगै एचटिटि पूल बाइ एल्फले नेपालकाे विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्नेछ ।
विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक विक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ ।
एल्फ, एचटिटिपूल बाइ एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकासका साथै विज्ञापनमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना-मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ ।
एल्फले अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया-प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ ।
फेसबुक® मेटा इन्कद्वारा दर्ता गरिएको ट्रेडमार्क हो ।