अतिआवश्यक सेवा अवरुद्ध नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

<p>काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो । विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको सूचनामा [&hellip;]</p>

काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो ।

विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको सूचनामा उल्लेख गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ, हवाई सेजा लगायतका अतिआवश्यक सेवाहरु अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको भन्दै विद्युत प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध गर्ने गरेको प्रति असन्तुष्टी व्यक्त गरेको छ ।

‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौँ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलको भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिदै आएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ भित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन नगरे आफै हटाउने चेतावनी दिएको थियो । प्राधिकरणले त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको थियो।

प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो ।

Share News