गम्भीर मोडमा क्रिप्टोकरेन्सी

<p>काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा आइपुग्ने अवस्था बन्यो । सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन आफूले बनाएको ६९ हजार डलर बराबरको मूल्य क्यापबाट गत नोभेम्बरसम्म आउँदा तिन चौथाई [&hellip;]</p>

काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा आइपुग्ने अवस्था बन्यो ।

सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन आफूले बनाएको ६९ हजार डलर बराबरको मूल्य क्यापबाट गत नोभेम्बरसम्म आउँदा तिन चौथाई भन्दा धेरै गिरावट भयो । २२ हजार टोकन र क्वाइनको मूल्य नोभेम्बर २०२१ देखि अहिलेसम्म आउँदा ३ ट्रिलियन डलरको उचाइबाट एक तिहाइ भन्दा धेरै कममा झर्न पुगेको छ भने धेरैको अवस्था गतिशुन्य अवस्थामा पुगेको छ ।

सन् २०२२ मा प्रवेश गर्दैगर्दा बिट्क्वाइनले आफूलाई संस्थागत गर्दै क्रिप्टोको क्षेत्रको मुख्य मुलप्रवाहको रुपमा स्थापित गर्ने प्रयास गरेको थियो । विश्वमा मुद्रास्फिति भइरहेको बेलामा विश्वको प्रसिद्ध कम्पनी टेस्लाको मालिक एलन मस्क लगायत केही प्रतिष्ठित पुँजीपतिहरुले बिटक्वाइनलाई समर्थन गरेका थिए, जुन विषय बिटक्वाइनको लागि निकै सकारात्मक बनेको थियो ।

गत महिनामा क्रिप्टोकरेन्सीको क्षेत्रमा एउटा गम्भिर दुर्घटनाको रुपमा बैंकम्यान फ्रायडको एफटिएक्स एक्सचेन्जको अवसान देखिन पुग्यो । क्रिप्टोकरेन्सीमा ठूलो दुर्घटना भएसँगै सन् २०१७ तिर जस्तै यतिबेला सो क्षेत्रमा फेरिउछालको भविष्यवाणी गर्ने मानिसहरु अत्यन्तै कम देखिएका छन् । सन् २०२२ सँगै धेरै मानिसहरु क्रिप्टोकरेन्सीबाट टाढिदै छन भने धेरै देशका मुद्रा नियामकहरुले पनि क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिवन्ध लगाएका छन् ।

युरोपियन केन्द्रीय बैंकले गत महिना बिट्क्वाइनमा देखिएको बाउन्सलाई ‘अप्रासंगिकताको बाटो अघि कृत्रिम रुपमा प्रेरित गरिएको अन्तिम हाफ हो’ भनेको छ । जसलाई सो क्षेत्रका लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । तर, क्रिप्टो इकोसिस्टममा अर्बौं डलरको अतिक्रमण र हेराफेरी भइरहेको छ ।

एउटै समयमा बिकेन्द्रीकृत वित्त प्रणाली र निजी क्रिप्टो मुद्रा परम्परागत बैंकिङ प्रणालीको छायाँमा रहेर काम गर्न र विकास हुन सम्भव हुने विषय अब भ्रमपूर्ण बनेको छ । खुद्रा तथा संस्थागत लगानीकर्ताहरुले क्रिप्टोका अपरेटरहरुसँग विश्वास गर्न छाडेका छन् । कतिपय नीति निर्माता र क्रिप्टोका लगानीकर्ताहरुले अमेरिकी सेक्युरीटी अफ एक्सचेन्ज कमिसनलाई नियामक भूमिकाको लागि अनुरोध गरेका छन् ।

सन् २०२३ मा के होला ?

कतिपय अमेरिकी रणनीतिकारले क्रिप्टोकरेन्सी र कैंयन प्रकारका टोकनहरु पनि सम्पत्तीको पोर्टफोलियोमा रहन सक्ने बताएका छन् । लगानीकर्ताहरुले ब्रोकर एक्सचेन्जहरुसँग सुरक्षित हुन आवश्यक पर्ने नियमहरु र पुँजी पर्याप्तताको माग गरेका छन् । त्यसको लागि वर्षौं समय नलागेर केही महिनामा सुधार हुने अपेक्षा पनि केही विश्लेषकहरुले गरेका छन् ।

तर, पुँजी क्षेत्रका केही म्यानेजरहरुले आगामी १०/१५ वर्षको दौरानमा डिजिटल सम्पत्ती नै मुख्य सम्पत्तीको रुपमा स्थापित हुने अपेक्षा गरेका छन् । तर, सोही सन्दर्भमा आगामी वर्षमा परम्परागत वित्तीय दुनियाँले क्रिप्टोको अस्वस्थ अवस्थालाई हेर्दै ब्लकचेनमा आधारित पुँजीलाई विभिन्न बन्ड र टोकन जारी गर्न सक्नेछन् भने कतिपय केन्द्रीय बैंकहरुले डिजिटल मुद्राको भूमिकालाई पनि कम गर्न सक्नेछन् ।

विश्वको भौतिकवादी दुनियाँको अनिवार्यतामा स्वतन्त्र अवधारणा सहितको क्रिप्टोकरेन्सी व्यवस्थापन गर्ने विषय जहिल्यैपनि जोखिमपूर्ण हुने हुँदा राज्यको अर्थव्यवस्था र निजी लगानी क्षेत्रको रुपमा स्थायी भइरहने विषयमा धेरैको असहमति भएको देखिन्छ । तर, आर्थिक क्षेत्र निरपेक्ष रुपमा सञ्चालन भइरहँदैन, त्यहाँ सँधै वैकल्पिक सम्भावनाहरु पनि रहिरहन्छन भन्नेहरुले भने यसलाई निरन्तरता दिने नियमित प्रयास गरिरहने छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।

Share News