काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म एसवाई बजारले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ९ लाख रुपैयाँ जित्ने मौका ल्याएको छ । ४४ सेकेन्डको एसवाई बजारको जिङ्गलमा टिकटक बनाइ उत्कृष्ट हुने १५ जना टिकटकरहरुले उक्त रकम पाउने छन् ।
एसवाई बजार कम्पनीका अनुसार टिकटक बनाइ कम्पनीको आधिकारी इमेलमा पुस १५ भित्रमा पढाइ सक्नुपर्ने छ । पढाएको टिकटक कम्पनीले पुषको १७ देखि २१ गतेसम्म एसवाई बजारको अफिसियल पेजमा पाेस्ट गर्ने छ ।
कम्पनीले प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूको छनोट २० प्रतिशत लाइक, १० प्रतिशत कमेन्ट, २० प्रतिशत भ्युज र ५० प्रतिशत सिर्जनात्मकको आधारमा गरिने बताएको छ ।
एसवाई बजारले आफ्नो जिङ्गलमा टिकटक बनाउँदा पहिलो एक, दोस्रो दुई, तेस्रो तीन, चौथो चार, र पाचौं पाँच जान गरी जम्मा १५ जनालाइ छनोट गर्नेछ । छनोट भएका प्रतियोगिहरुलाई पुषको २९ गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुई जनालाई प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५/७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ ।