एफवान सफ्टले ल्यायो युज माबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोग बारे सम्पुर्ण जानकारी दिने

<p>काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु ९सन्दर्भ सामाग्री० छन् । कम्पनीको अनुसार कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल ९सन्दर्भ सामाग्री० [&hellip;]</p>

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ ।

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु ९सन्दर्भ सामाग्री० छन् । कम्पनीको अनुसार कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल ९सन्दर्भ सामाग्री० हेर्न सक्नेछन् ।

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने बताइएको छ ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन युज मोबाईल बैंकिङ्ग डट कमले सहयोग गर्ने बताइन् ।

एफवान सफ्ट १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ । हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ ।

Share News