नेपाल टेलिकमबाट एक हजार रुपैयाँमा एकैपटक २ हजार एसमएमएस पठाउन सकिने

<p>काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ ।

यस अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । टेलिकमकाे अनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० मात्र लाग्नेछ ।

त्यसैगरी, २५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस, ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नभएकाे कम्पनीले बताएकाे छ ।

ग्राहकले यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्टयाक्टमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सक्नेछन् ।

 

Share News