काठमाडाैं । इन्टरनेट र टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।
भायानेट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनी ब्रोडब्यान्ड इन्टरनेट र आईपिटिभी सेवाहरूमा एउटा स्थापित कम्पनी भएको छ ।
सन् २०११ मा भायानेट नेपालमै पहिलोपटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बनेकाे थियाे । सन् २०१६ मा भायानेटले आईपीटीभी सेवा सुरु गरेकाे थियाे ।
भायानेटले आफ्नो अल्ट्रा(फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ।
भायानेटको उत्पादन भाया टिभीले सस्तो दरमा १७५ टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्खरै भायाटिभी ई भाया टिभी २.ण मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ ।