
एजेन्सी । हाइड्रोजन फ्युल सेल निर्माता कम्पनी लुप इनर्जीले विकास गरेको नयाँ सेल प्रणाली अहिलेको मूल्य अनुसार डिजेल इन्जिनको तुलनामा सस्तो भएको जनाएको छ ।
सेप्टेम्बर ५ सम्म युरोपमा डिजेलको मूल्य प्रतिलिटर १.९१ डलर रहेको छ भने हाइड्रोजनको मूल्य प्रतिकेजी १० डलर रहेको छ । ब्रिटिस कोलम्बियामा आधार रहेको ‘द बर्नबे’ कम्पनीका अनुसार नयाँ एस१२०० हाइड्रोजन फ्युल सेल सिस्टम जडित ट्रक १०० डलरको हाइड्रोजनको सहायताले १११ माइल गुड्छ भने सोही डिजेल ट्रक सोही मूल्य बराबरको डिजेल हालेर १०९ माइल मात्रै गुड्छ ।
पछिल्लो समयमा अटो उद्योगहरुले डिजेल इन्धनबाट सञ्चालन हुने ठूला मालबाहक ट्रकहरुलाई पनि हाइड्रोजन इन्जिनमा परिणत गर्ने कुरामा लगानी गरिरहेका छन् । लामो दुरीसम्म चल्ने ठूला ट्रकहरुमा विद्युतीय ब्याट्र जडान गर्ने कुरा महंगो बनिरहेको छ ।
हाइड्रोजन इन्धन जडित सेलहरुले निश्चित प्रकृयामार्फत् शक्ति र तापको उत्पादन गर्छ, जसको सहायताले ट्रकको गुड्न सक्छ । हाइड्रोजनको उत्पादन पानीको रासायनिक प्रतिक्रिया गराएर हुन्छ ।
हाइड्रोजन इन्धन सेलहरुले मुख्यतः २ चुनौतीहरुलाई सामना गरिरहेको छ, पहिलो यो इन्जिन डिजेल इन्जिनको तुलनामा कम प्रभावकारी भएको छ र दोस्रो अहिले युरोपमा यसको भर्ने प्रकृया लगभग अस्तित्वमा छैन ।
लुप इनर्जीका कार्यकारी प्रमुख नाइल्यान्डले समाचार एजेन्सीलाई हाइड्रोजनको सेल प्रणालीले अगाडि देखिएका २ चुनौतीमध्ये पहिलो चुनौतीलाई सामना गर्ने बताएका छन् । ‘यसले भविष्यतर्फ लक्षित छ, यसले अहिलेको आर्थिक अवस्थामा सिर्जना भएको आवश्यकतालाई पूर्ति गर्न सघाउँछ ।’
नाइल्याण्डले भने की अहिले सो कम्पनीले स्टार्टअप ट्रक निर्माताहरुलाई सो सेल प्रणाली प्रदान गर्ने र ठूला ट्रकहरुलाई मूख्य आपुर्तिकर्ताको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी अमेरिकी इन्जिन निर्माता कमिन्स हो, जसको २० प्रतिशत भन्दा ठूलो हिस्सा रहेको छ ।