आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

<p>काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत [&hellip;]</p>

काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् ।

योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यो प्रणाली लागु गरेको हो ।

Share News