
काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन एनटिनको नयाँ कार्यसमिति चयन भएको छ । मोहन प्रसाद फुयाँलको नेतृत्वमा एनटिनको १५ जनाको कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणिकुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि। सी।, सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई। दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक निर्वाचित भएका छन् ।
साथै, कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन अझ सशक्त ढङ्गले क्रियाशील रहने बताउँदै महाधिवेशनले ११ बुँदे प्रस्ताव पारित गरेको छ ।
महाधिवेशनमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।