नेपाल नाई संघले पायो माछापुच्छ्रेको क्युआर, तीन लाख व्यवसायी लाभान्वित हुने

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो । यससँगै देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ । राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो ।

यससँगै देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् ।

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

Share News