नेपाल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

<p>काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकका ग्राहकलाई बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने  गरी बैंकले नेपाल टेलिकमसँग असार १ गते सम्झौता गरेको हो । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंकका चिफ फाईनान्स अफिसर होम बहादुर [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकका ग्राहकलाई बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने  गरी बैंकले नेपाल टेलिकमसँग असार १ गते सम्झौता गरेको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंकका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

Share News