बुटवलमा डिशहोम फाईबरनेटको साेरुम

<p>काठमाडाैं । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण साेरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर विनोद सुवेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले साेरुमको समुदघाटन [&hellip;]</p>

काठमाडाैं । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण साेरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर विनोद सुवेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले साेरुमको समुदघाटन गरेका थिए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले यसअघि धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ साेरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक विवेक गुप्ताले बताए ।

Share News