महेन्द्रनगरको सुख्खडसलमा डिशहोम फाईबरनेटको सोरुम

<p>काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा [&hellip;]</p>

काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ ।

सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

२०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको दिपक टे«डर्सले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ट्रेडर्सका सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए ।

Share News