डिशहोमले ल्यायो एकैपटक २०० जनाले चलाउने मिल्ने वाइफाइ प्रविधि

<p>काठमाडौं । डिशहोम फाइबरनेटले धेरैजना मानिसहरू भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन्स बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा कम्पनीले शनिबार यो प्रविधिको लन्च गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । उनले [&hellip;]</p>

काठमाडौं । डिशहोम फाइबरनेटले धेरैजना मानिसहरू भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन्स बजारमा ल्याएको छ ।

भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा कम्पनीले शनिबार यो प्रविधिको लन्च गरेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरू भित्राउन आफूहरू पहिलो हुने गरेको अनुभव सुनाए ।

आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै आज लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरूले लन्च गरेको बताए ।

डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ ।

क्याम्पस वाईफाई सोलुसन्सको सबैभन्दा ठूलो विशेषताको रुपमा रहेको धेरैजनाले एकै पटक वाईफाई चलाउन मिल्ने भन्दै एउटै एपीबाट एक पटकमा २०० जनाभन्दा बढी कनेन्ट भएर वाईफाई चलाउन सक्ने बताउछन् ।

Share News