नोकिया बार फोन किन्दा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

<p>काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले [&hellip;]</p>

काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् ।

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो ।

टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको जनाएको छ ।

यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ ।

Share News