शाओमीको नयाँ मोडलका दुई मोबाइल नेपाली बजारमा सार्वजनिक

<p>काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमका दयाँ दुई प्रडक्ट लन्च गरेको हो । शाओमी नेपालका नयाँ कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,&#8217;नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमीका नयाँ प्रडक्ट लन्च गरेका [&hellip;]</p>

काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमका दयाँ दुई प्रडक्ट लन्च गरेको हो ।

शाओमी नेपालका नयाँ कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,’नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमीका नयाँ प्रडक्ट लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’

शाओमीका उक्त नयाँ मोडलका प्रडक्टबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ।

यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा शाओमी १२ को मूल्य ९२ हजार ९९९ रुपैयाँ र शाओमी १२ एक्सको मूल्य ७६ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Share News