डिशहोमले ल्यायो एक वर्षमा २४ महिना योजना !

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ग्राहकहरूको लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत नयाँ वर्षमा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् । यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ग्राहकहरूको लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत नयाँ वर्षमा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् ।

यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्नेछन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरू रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ ।

एक दशकदेखि स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम टेलिभिजन सेवा प्रदायक हो । साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको जनाएको छ ।

Share News