काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागीले तीन महिनाको इन्टरनेटसँगै एमआइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ । आफ्नो रिफरलबापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाइने भायानेटले जनाएको छ ।
ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्नुपर्छ । भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ।
भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ।