एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए शपथ

<p>काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो । जसअनुसार समितिमा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो ।

जसअनुसार समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघईनिर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्वाचित भएका हुन् ।

Share News