शाओमी १२ प्रो नेपाली बजारमा : यस्तो छ मूल्य र विशेषता

<p>काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ प्रो द सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको हो । शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने,&#8217;नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ [&hellip;]</p>

काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ प्रो द सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको हो ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने,’नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’

शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ।

समा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ ।

शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी भएको हुँदा गर्दा यसले पूरा दिन प्रोग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्ने क्षमता रहेको छ ।

यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ ।

यसको डिजाइन यस्तो तरिकाले गरिएकोले औसत नेपालीको हातमा यो फोन अट्छ भने नेपाली बजरमा यस फोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँमा पाइन्छ ।

Share News