सीआईबीको निगरानीमा प्रियंका, क्रिप्टोकरेन्सीकाे कारोबार गरेको आशंका

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले नायिका कार्कीमाथि अनुसन्धान थालेको हो । सीआईवीले  अनुसन्धानका लागि उनलाई आज (आइतबार) बोलाएको बुझिएकाे छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्न उनलाई बोलाएको बुझिएकाे हाे । कार्कीले कही समय अघि क्रिप्टोकरेन्सीबारे बताउँदै भिडियो पोस्ट गरेकी थिइन् ।  नेपाल [&hellip;]</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले नायिका कार्कीमाथि अनुसन्धान थालेको हो ।

सीआईवीले  अनुसन्धानका लागि उनलाई आज (आइतबार) बोलाएको बुझिएकाे छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्न उनलाई बोलाएको बुझिएकाे हाे ।

कार्कीले कही समय अघि क्रिप्टोकरेन्सीबारे बताउँदै भिडियो पोस्ट गरेकी थिइन् ।  नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’ अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारवाहीको चेतावनी दिँदै आइरहेको छ ।

Share News