सतुङ्गलमा डिशहोम फाइबरनेटको सह-वितरक शोरुम उद्घाटन

<p>काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट [&hellip;]</p>

काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ ।

माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

२ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले बताए ।

Share News