डिश मिडियाले पायो आईटी तर्फको एचआरएम अवार्ड

<p>काठमाडाैं । यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्कले पाएकाे छ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्येकाे यस अवार्ड डिशमिडिया नेटवर्कले हाे । डिश मिडिया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा [&hellip;]</p>

काठमाडाैं । यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्कले पाएकाे छ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्येकाे यस अवार्ड डिशमिडिया नेटवर्कले हाे ।

डिश मिडिया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।

सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, नेपाल सरकारका पूर्व सचिव प्रोफेसर डा. रिता श्रेष्ठ, आशुतोष तिवारी र बैकर वर्षा श्रेष्ठ रहेका थिए ।

Share News