राष्ट्रिय बीमा कम्पनीले सीईओ माग्यो, इच्छुकले मंसिर २६ गतेभित्र आवेदन दिइसक्नु पर्ने

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आव्हान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आव्हान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको हो ।

उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै उनीहरुले आगामी मंसिर २६ गतेभित्र कार्यलय समयमा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ ।

यो पदको लागि बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपात्रि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्पनीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हुनुपर्ने छ ।

त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेका हुनुपर्ने छ ।

Share News