वीर, मनमोहन र सिभिल अस्पतालमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

<p>काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र  बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको हो । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि [&hellip;]</p>

काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र  बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ ।

आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको हो ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने मिदासले जनाएको छ ।

सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीको मेरो डाक्टर मोबाइल एप तथा वेभ मार्फत अनलाइन ओ.पी.डी. टिकट सेवा लिन सकिनेछ ।

 

Share News