आर्थिक मन्दीको नेपाल टेलिकमको व्यापार उत्साहजनक, नाफा ४९ प्रतिशतले वृद्धि

<p>काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड नाफा गरेको थियो । कम्पनीको आम्दानी पनि १३ प्रतिशतले बढेको छ । गत आ. व. को प्रथम त्रैमासमा कम्पनीको सञ्चालन आय [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड नाफा गरेको थियो ।

कम्पनीको आम्दानी पनि १३ प्रतिशतले बढेको छ । गत आ. व. को प्रथम त्रैमासमा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब ६३ करोड रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. ९ अर्ब ७७ करोड आर्जन गरेको छ ।

यस वर्षको प्रथम ३ महिनामा कम्पनीको कुल आय रु. १० अर्ब ९५ करोड रहेको छ । गत वर्षको सोही अवधिमा रु. १० अर्ब १० करोड थियो ।

कम्पनीको नाफा वृद्धि हुनुमा फोरजी सेवा विस्तार हुनु, मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुनु रहेको कम्पनीले जनाएको छ । कोभिड महामारीका बीच विश्वभर आर्थिक मन्दी रहेको बेलामा कम्पनीको आय वृद्धि हुनुलाई टेलिकमले सफलताको रुपमा लिएको छ ।

Share News