राष्ट्र बैंकले किन गर्यो जीएमई पेको अनुमतिपत्र खारेज ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी जी एम ई पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै जीएमई पेको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलका अनुसार विद्युतीय भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको एक वर्ष [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी जी एम ई पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै जीएमई पेको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलका अनुसार विद्युतीय भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको एक वर्ष पुरा भइसक्दा पनि सेवा सुचारु गर्न नसकेपछि जीएमई पेलाई खारेज गरिएको हो ।

उनले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को ‘क’ मा रहेको व्यवस्था बमोजिम कम्पनीलाई खारेज गरेका बताए ।

कम्पनीले २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।

Share News