इभो स्टोरबाट आइफोन १३ किन्नेले एक वर्ष नि:शुल्क टेलिकमकाे डाटा पाउने

<p>काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक विक्रेता इभोलुसन ट्रेडिङबीच एप्पलको मोबाइल फोन खरिदकर्ताहरुका लागि डाटा प्याकेज उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इभोलुसन ट्रेडिङ९इभो स्टोर०का काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक विक्रेता इभोलुसन ट्रेडिङबीच एप्पलको मोबाइल फोन खरिदकर्ताहरुका लागि डाटा प्याकेज उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इभोलुसन ट्रेडिङ९इभो स्टोर०का काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकले प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क पाउनेछन् ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ ।

उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टाेर मार्फत निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन व्यालेन्स १० र थप व्यालेन्स ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।

Share News