ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायकलाई ३ प्रतिशत व्याजदरमै ऋण

<p>काठमाडौं । इन्टरनेट सेवा प्रदायक, विद्युतीय भुक्तानी सेवा प्रदायक तथा सञ्चार सेवा प्रदायक संस्थाले विशेष पुनरकर्जा पाउने भएका छन् । कोभिड–१९ का कारण व्यावसायमा परेको असरलाई कम गर्ने योजनाका साथ राष्ट्र बैंकले पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै सहुलियत दरमा पुनरकर्जाको व्यवस्था गरेको हो । पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन सगैँ अब सर्वसाधारणमा इन्टरनेट पहुँच पु¥याउने गरी [&hellip;]</p>

काठमाडौं । इन्टरनेट सेवा प्रदायक, विद्युतीय भुक्तानी सेवा प्रदायक तथा सञ्चार सेवा प्रदायक संस्थाले विशेष पुनरकर्जा पाउने भएका छन् ।
कोभिड–१९ का कारण व्यावसायमा परेको असरलाई कम गर्ने योजनाका साथ राष्ट्र बैंकले पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै सहुलियत दरमा पुनरकर्जाको व्यवस्था गरेको हो ।

पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन सगैँ अब सर्वसाधारणमा इन्टरनेट पहुँच पु¥याउने गरी दुर्गम स्थानमा सेवा दिने इन्टरनेट सेवा प्रदायक संस्थाले ३ प्रतिशत व्याजदरमा ऋण पाउने भएका हुन ।

विद्युतीय भुक्तानी प्रणालीका लागि समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थामा प्रवाह भएका कर्जासमेत त्यसमा समेटिने उल्लेख छ ।

यस्तै, सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि प्रवाह भएका कर्जासमेत यसमा समेटिने छन् ।

केन्द्रीय बैंकले यसअघि नै रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जा, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जा, कोभिड–१९ बाट अतिप्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएको कर्जालाई पुनरकर्जामा समेटेको थियो ।

त्यस्तैगरी, १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा प्रदान गरिएको कर्जासमेत त्यसमा समेटिएको थियो ।

Share News