असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नगरे तार काटिने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले अप्टिकल फाइबर र पोलको भाडा भुक्तानी नगरे तार हटाइदिने चेतावनी दिएको छ । यसअघि पटक/पटक दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न ताकेदा गर्दासमेत भुक्तानी नगरेको भन्दै प्राधिकरणले असोज १५ गतेसम्मको समयसीमा दिएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम भुक्तानी नगरे [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले अप्टिकल फाइबर र पोलको भाडा भुक्तानी नगरे तार हटाइदिने चेतावनी दिएको छ ।

यसअघि पटक/पटक दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न ताकेदा गर्दासमेत भुक्तानी नगरेको भन्दै प्राधिकरणले असोज १५ गतेसम्मको समयसीमा दिएको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम भुक्तानी नगरे तार काटिदिने चेतावनी दिएको हो ।

‘विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरमा जडित अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवाप्रदायकले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेका छन् । केही सेवाप्रदायकले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजातसमेत पेस नगरी समयमा नवीकरण गरेका छैनन्,’ सूचनामा भनिएको छ ।
यसअघि प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बढाएको थियो । प्राधिकरणले भाडा बढाएपछि सेवाप्रदायकहरूले उक्त भाडा महँगो भएको भन्दै गुनासो गरेका थिए ।

केही सेवाप्रदायकले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेका कारण प्राधिकरणको आम्दानीमा प्रत्यक्ष असर पर्न गएकोसमेत सूचनामा उल्लेख छ ।

Share News