डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

<p>काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत [&hellip;]</p>

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि: शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।

Share News