काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । आज (साउन ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आज बसेको बढुवा समितिको बैठकले सचिव नियुक्तका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गरेको हो ।
डा. पोखरेल झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका हुन् । यसअघि उनी मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए ।