प्रभु क्यापिटलले कर्मचारीलाई दियो लिडरसिप तथा मोटिभेसन तालिम

<p>काठमाडौं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले एक्जिओम नेपालको सहयोगमा साउन २ गते शनिबार काठमाडौंको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा सो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले एक्जिओम नेपालको सहयोगमा साउन २ गते शनिबार काठमाडौंको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्रबहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए । सो तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्यदिशाका बारेमा जानकारी दिएका थिए ।

Share News